बाजुराका अग्निपीडितलाई प्रदेश सरकारको आर्थिक सहयोग
२०८२ जेठ २५ गते

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई रु ४० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज भएकोे प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सहायता रकम बूढीगङ्गा नगरपालिकालाई उपलब्ध गराइने तथा जानकारी दिँदै आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भएपछि सरकारले थप सहयोगबारे निर्णय गर्ने बैठकपछि मुख्यमन्त्री शाहले बताए । बैठकले अग्निपीडितलाई १५ थान टेन्ट, ३४ कम्बल र ३४ थान त्रिपाल प्रदान गर्ने निर्णय गरेको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिका –६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा ३१ घरपसल नष्ट हुनाका साथै रु १५ करोड बराबरको धनमाल क्षति भएको सुरक्षा निकायले जनाएका छन् ।
२०८२ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित








