घुमौँ बन्दीपुर (तस्बिरहरू)

बन्दीपुर । ‘पहाडकी रानी’को उपनामले परिचित बन्दीपुरले सन् २०२५ लाई ‘बन्दीपुर भ्रमण वर्ष’का रूपमा मनाइरहेको छ । मौलिक संस्कृति, ऐतिहासिक सम्पदा र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो शहरको पर्यटन प्रवर्द्धन गर्न बन्दीपुर गाउँपालिकाले विशेष अभियानको रूपमा भ्रमण वर्ष घोषणा गरेको हो ।

ब्रिटिश औपनिवेशिक शैलीका पुराना भवन, नेवार बस्तीको मौलिकता, परम्परागत कला-संस्कृति, हिमशृंखलाको मनोरम दृश्य, शान्त र आकर्षक वातावरणले बन्दीपुरलाई नेपाली तथा विदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनाएको छ । यही सौन्दर्यलाई अझै व्यापक बनाउँदै विश्व सामु चिनाउनका लागि भ्रमण वर्षले बलियो पृष्ठभूमि तयार पार्ने विश्वास गरिएको छ ।

बन्दीपुर भ्रमण वर्षले पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउँदै रोजगारी र स्वरोजगार सृजना गर्ने, स्थानीय होटल तथा रेस्टुराँमा लगानी बढाउने तथा समग्र बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

स्थानीय सरकार, निजी क्षेत्र, सञ्चारकर्मी तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा अघि बढाइएको यस अभियानमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास लिइएको छ । संस्कृति र सम्पदाको संरक्षणसँगै सतत पर्यटन विकासलाई प्राथमिकतामा राख्दै आयोजित भ्रमण वर्षले पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा समेत उल्लेखनीय प्रभाव पार्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =