पौडी पोखरीमा डुबेर २५ वर्षीय युवकको, ८ साथी प्रहरी नियन्त्रणमा

चितवन । भरतपुर महानगरपालिका-२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।

साथीहरूसँग पौडी खेल्न गएका उनलाई डुबेको भेटेपछि उनका आठजना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =