सर्वसाधारणको स्वास्थ्य उपचार महंगो भयो : शेरबहादुर कुँवर
२०८२ जेठ ६ गते

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको बताएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद कुँवरले यस्तो बताएका हुन् ।
उनले राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरे ।
साथै उनले वर्षायामसँगै हावाहुरीबाट देशका विभिन्न स्थानमा दुःखद् घटना घट्न थालेकाले हावाहुरीबाट हुने क्षति न्युनिकरणमा सरकारको ध्यानाकर्षसमेत गराए ।
पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेतीको उपचार राज्यले गर्नुपर्नेमा उनले जोड दिए ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








