मंगलबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?
२०८२ जेठ ६ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








