आज प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची
२०८२ जेठ ६ गते

फाइल फोटो
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ ।
त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यक्रम पनि बैठकको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।

२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








