सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गरायो : बालेन
२०८२ जेठ २ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको टिप्पणी गरेका छन् ।
काठमाडौं सहित देशभर झ्याप्प झ्याप्प बत्ती जान थालेपछि मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले देश नै डुवेपनि जनताले नबुझेपछि बत्ती काटेर सरकारले पावर महसुस गराएको बताए । उनले सरकालाई हेप्ने भन्दै कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘देशनै डुबाउँदा पनि जनताले नबुझे पछि, सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ ! हेप्ने सरकारलाई ? ’
२०८२ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








