दुई अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमारु दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य उनले सुनाए ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए ।

कार्यालयले १० महिनामा आयकरबाट एक अर्ब १६ करोड नौ लाख, ब्याजबापत आठ करोड ६५ हजार, मूल्य अभिवृद्धि करबापत ८६ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कबापत ४७ करोड ४६ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ ।

‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ’, प्रमुख कर अधिकृत काफ्लेले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − ten =