काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
२०८२ जेठ १ गते

सप्तरी । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।
सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बिचको समीकरण विघटन हुँदैन, झन् सुदृढ हुन्छ भने ।
गृहमन्त्री लेखकले भने, ‘देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।’ उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।
२०८२ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








