मेरिटोक्रेसीबारे प्रधानमन्त्री : म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा साँच्चैको मेरिटोक्रेसी लागू गर्न चुनौती दिएका छन् ।

बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।

प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा गरेको दाबी गर्दै आएकोप्रति लक्षित गर्दै साँच्चिकैको मेरिटोक्रेसी लागू गर्न चुनौती दिए ।

उनले परीक्षा लिएझैँ गर्ने, आफैँ उत्तरपुस्तिका जाँच्ने र अन्तर्वार्तामा कसको नाम निकालौँ भनेर सोधेर नाम निकालेको बताए । जाँच नै लिने भए जाँच नै लिनुपर्ने तर स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘आजकाल अब मेरिटोक्रेसी । भन्न हुँदैन, मेरिटोक्रेसी भन्ने । जाँच लिएझैँ गर्ने । जाँचकी आफ्नै, पेपर काट्ने आफ्नै, इन्टरभ्यु लिने आफ्नै, कसको नाम निकालौँ हजुर भनेर सोधेर फलानाको निकाल भनेपछि निकाल्ने । अनि मेरिटोक्रेसीका धाक लगाउने । साँच्चैको मेरिटोक्रेसी गरौँ न । जाँच नै लिने भए जाँच नै लिऔँ । तर फेयरली लिऔँ । मेरो नीति त्यो हो । कति सक्छु कार्यान्वयन गर्न म एक्लै छैन, यो देशमा । म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि । त्यसो भएर मैले सकेसम्म मेरिटोक्रेसी कायम गर्ने हो ।’

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीको विषयमा आफूले सकेको जति गर्ने र देशको नेतृत्व लिने व्यक्ति आफू मात्रै नभएको बताए । देशको नेतृत्व आफूले गरेको भएपनि सत्ता साझेदारहरूसँगको सहकार्य जरुरी रहेकाले योग्यताको आधारमा सबै नियुक्ति गर्ने कुरामा हस्तक्षेप हुनसक्ने उनको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =