सरकारले आयोजना बैंक स्थापना गर्ने

काठमाडौं । सरकारले आयोजना बैंक स्थापना गर्ने तयारी गरेको छ ।

बुधवार साँझ सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले आयोजना बैंक स्थापनाको तयारी गर्ने निर्णय गरेको हो ।

बैठकले बोर्डका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आयोजनाहरुको प्राथमिकीकरणका लागि सूचि तयारी गर्ने सम्बन्धमा प्रश्ताव पारित गरिएको बोर्डका प्रमुख कार्यकारी अधिृकत सुशील ज्ञवालीले बताए ।

उनकाअनुसार बैठकले ७ वटा कार्यसूचिमा छलफल गरेको हो । छलफलमा लगानी बोर्डमा लामो समयदेखि विभिन्न आयोजनाहरुको सूचि रहेको र त्यसलाई प्राथमिकीकरण गर्ने निर्णय गरिएको बताए ।

नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र निकायहरुका साथै प्रदेश सरकार र स्थानीय तह सञ्चालन हुने आयोजनामध्ये कुन आयोजनाहरुलाई निजी साझेदारीमार्फत लैजाने, कुन—कुन आयोजनामा निजी क्षेत्रको लगानी परिचालन गर्ने, कुन—कुन आयोजनाहरु सरकारको लगानीबाट अघि बढाउने भन्नेमा एउटै धारणा बनाउने निर्णय भएको बताए ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई महान्यायाधिवक्ता कार्यलयको कानूनी राय लिएर अघि बढाउने निर्णय भएको पनि बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अहिलेको बजेट वक्तव्यमा सरकारले प्राथमिकतामा राख्नुपर्ने विषय र निजी क्षेत्रको लगानी परिचालनका निम्ति ध्यान दिनुपर्ने विषयहरुमा पनि निर्णय भएको जानकारी दिए ।

सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐनलाई एकीकृत गरेर अघि बढाउने, सार्वजनिक निजी साझेदारी सम्बन्धी खरिद प्रक्रियालाई पारदर्शी र स्पष्ट बनाएर लैजाने कुराका लागि निर्देशिका तयारी गर्ने लगायतका विषयमा छलफल भएको बताए ।

लागनी बोर्डमार्फत आगामी आर्थिक वर्षमा कुन आयोजना कसरी अघि बढाउने भन्ने सम्बन्धमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =