सरकारसँग सर्वोच्चले माग्यो रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण
२०८२ वैशाख ३१ गते

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण मागेको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गर्दै सरकारसंग सर्वोच्चले सरकारसंग कारण मागेको हो ।
न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुको कारण सोध्दै बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको हो ।
मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी हुन् ।
१५ चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन पुनः म्याद थपेको छ ।
२०८२ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








