महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

काठमाडौं । नुवाकोटको सूर्य गढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन् ।

गत चैत २९ गते काठमाडौँ महानगरपालिका–२८ स्थित एक गेष्ट हाउसमा मृत फेला परेकी तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा काठमाडौँको नागढुङ्गाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मङ्गलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीले निजमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =