शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’ को रुपमा सहकार्य गर्ने

काठमाडौँ । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ । पछिल्लो समय खेल प्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने
उद्देश्यसहित यही जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको 9 th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082 मा शिवम् सिमेन्ट लिमिटेड ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको छ ।

राष्ट्रिय खेलको प्रवर्द्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको जनाएको छ । हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भि।पि। निखिल अग्रवाल बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

शिवम्सिमेन्ट लिमिटेडले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसको प्रवर्द्धन गर्न विभिन्न गेमहरूमा सहकार्य गर्दै आइरहेको थियो । जसअन्तर्गत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेस्ट भलिबल लिग अन्तर्गत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको थियो ।

9 th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082 यही जेठ ८ गते देखि जेठ १५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने भएको छ, जहाँ प्रत्येक खेलमा करिब ३ हजारदेखि ४ हजारसम्म दर्शकहरू को उपस्थिति रहने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतियोगितामा कुल १४ टिमहरू सहभागी हुनेछन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =