सांसदहरु भन्छन्– देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर भएन

काठमाडौँ । उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनिहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि रू तीन अर्ब ४२ करोड लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद जुली कुमारी महतो महासेठले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिइन् ।

उनले रासायनिक मल कारखाना स्थापना, रुग्ण र बन्द कारखाना पुनःसञ्चालन र नयाँ कारखाना स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको उत्थानका निम्ति ठोस कार्यक्रम नल्याइएकामा रोष प्रकट गरे ।

नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर नभएको अनुभूत भएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार सुनिश्चित हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले राज्यको स्रोत साधनमाथि सबै नागरिकको समान पहुँचको प्रत्याभूतिको माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =