मध्यरात विद्युत् प्राधिकरण कर्मचारीको मापसे चेक

पोखरा । नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन (मापसे) परीक्षण गरिएको छ । विद्युत् आपूर्ति पटक-पटक अवरुद्ध भएपछि स्थानीय बासिन्दा र पर्यटन व्यवसायीको गुनासोका आधारमा प्रहरी प्रशासनले उक्त कदम चालेको हो ।

स्थानीयको दबाबपछि इलाका ट्राफिक कार्यालय डाँडाको नाकका प्रमुख इन्चार्ज बेदनाथ भण्डारीको नेतृत्वमा प्रहरी टोलीले मापसे परीक्षण गरेको हो । भण्डारीका अनुसार विद्युत् आपूर्ति नियमित नहुँदा स्थानीय बासिन्दा अत्यन्तै आक्रोशित बनेका थिए । ‘नागरिकबाट बारम्बार गुनासो आएपछि हामीले मापसे परीक्षण गर्नुपरेको हो,’ उनले भने, ‘तर परीक्षणमा कुनै पनि कर्मचारीले मादक पदार्थ सेवन गरेको पुष्टि भएन ।’

विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै केही कर्मचारीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यसै शङ्काका आधारमा मापसे परीक्षण गरिएको भए पनि कुनै आपत्तिजनक अवस्था नदेखिएको भण्डारीले बताए । ‘नागरिकसँगको व्यवहार सौम्य नभएपछि मापसे गरेको आशङ्का गरिएको हो,’ उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =