हिलटन होटलले भन्यो– होटल विक्री भएको छैन

काठमाडौं । हिलटन होटल विक्री भएको समाचार भ्रामक भएको भएको पुष्टि भएको छ ।

आइतबार हिलटन होटलले एक विज्ञप्ति जारी गरी गर्दै होटल विक्री भएको समाचार भ्रामक भएको बताएको हो ।

जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडद्वारा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटल हिलटन काठमाण्डौं कुनै पनि विक्री प्रक्रियामा नगएको र यस विषयमा कहीँ कतै छलफल समेत नभएको हिलटन होटलले स्पष्ट पारेको हो ।

हालै केही अनलाइन मिडिया र विभिन्न सामाजिक सञ्जालहरूले ‘हिलटन होटल खरिद विक्री’ भएको समाचार सार्वजनिक गरेका थिए ।

उक्त समाचारको खण्डन गर्दै हिलटन होटलले राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर गरेको बताएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =