बागमती प्रदेशसभाको अधिवेशन आह्वान
२०८२ वैशाख २८ गते

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६ औँ अधिवेशन आह्वान गरेका छन् ।
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ः०० बजे बैठक बस्ने गरी आज उनले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरेका प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिइन् ।
२०८२ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








