उद्योगमैत्री नीति र राजनीतिक स्थायित्वविनाको देश विकास सम्भव छैन : उद्यमी पाण्डे

काठमाडौँ । युवा उद्यमी तथा लोमस फर्मास्युटिकल्सका डाइरेक्टर प्रणवजंग पाण्डेले नेपालको औद्योगिक विकासमा देखिएको अवरोधबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपालको औद्योगिक विकासमा देखिएको अवरोधबारे आफ्ना विचार व्यक्त गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय आर्थिक स्थिति, व्यक्तिगत स्वार्थकेन्द्रित राजनीति र उद्योगमैत्री नीति नहुनु नै औद्योगिक विकासका प्रमुख वाधक हुन् । अनि कसरी उठ्छ देशको अवस्था ?’
उद्योग क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने पाण्डेले राजनीतिक नेतृत्वको अस्थिरता, नीतिगत अस्पष्टता तथा दीर्घकालीन आर्थिक रणनीतिको अभावलाई औद्योगिक प्रगतिको मुख्य चुनौतीको रूपमा औँल्याएका हुन् ।
पाण्डेले सरकार तथा नीति निर्माताहरूलाई दीर्घकालीन सोचसहित उद्योगमैत्री वातावरण निर्माण गर्न आग्रह गरेका छन् । अन्यथा देशको आर्थिक पुनरुत्थान सम्भव नहुने चेतावनी दिए ।
विगत केही वर्षयता आयातमा निर्भर अर्थतन्त्र, निर्यात क्षमताको कमजोरी, बेरोजगारीको वृद्धि र उत्पादनशील क्षेत्रको उपेक्षाका कारण मुलुकको समग्र आर्थिक अवस्था दबाबमा परेको छ ।








