‘भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेतालाई क्लोजअपद्वारा १ लाख पुरस्कार
२०८२ वैशाख २३ गते

काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भइसकेको छ ।
यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी –रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जितेका हुन् ।
यस सिजनको शीर्ष प्रायोजक क्लोजअपले विजेता प्रोशेश पाण्डेलाई रु. १ लाखको नगद पुरस्कार प्रदान गर्यो । सो पुरस्कार युनिलिभर नेपालका कानुन प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।
‘ ‘भ्वाइस अफ नेपाल’ जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,’ क्लोजअपका प्रतिनिधिले बताए ।
२०८२ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित








