कञ्चनपुरमा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
२०८२ वैशाख २१ गते

कञ्चनपुर । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी वारीबाट घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएको बताए ।
रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
२०८२ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित








