एउटै शिविरमा छ सय जनाको मुटुको परीक्षण

चितवन । सहिद गङ्गालाल हृदय रोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरमा मुटुको स्वास्थ्य परीक्षण गरेको छ ।

जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको निःशुल्क शिविरमा ६५० जनाको परीक्षण गरिएको ।

केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीका अनुसार सहिद गङ्गालाल हृदय रोग केन्द्रका निर्देशक डा रवि मल्ल नेतृत्वको १८ जना विशेषज्ञ चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले ‘इको’, ‘इसिजी’ परीक्षण गर्नुका साथै उच्च रक्तचाप, मधुमेहलगायत मुटुसँग सम्बन्धित रोगबाट प्रभावित व्यक्ति लाभान्वित भएका छन् ।

परीक्षणका क्रममा जन्मजात मुटुमा प्वाल रहेको पाइएका तीन जनाको गङ्गालाल हृदय रोग केन्द्रमा निःशुल्क रुपमा उपचार गरिदिने केन्द्रका अध्यक्ष अधिकारीले बताए ।

केन्द्रका निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ मल्लले न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा गङगालाल हृदय रोग केन्द्रले जिल्ला जिल्लामा सञ्चालित मुटु रोग शिविरमार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिए । भरतपुर महानगरपालिका वडा नं ६ ले शिविर सञ्चालनमा सहकार्य गरेको थियो ।

केन्द्रका अध्यक्ष अधिकारीले स्थानीय सर्वसाधारण लाभान्वित हुन सकून् भन्ने उद्देश्यका साथ मुटु रोग उपचारका क्षेत्रमा देशभर स्थापित गङ्गालाल हृदय रोग केन्द्रका विशेषज्ञसहितको टोलीलाई अनुरोध गरेको स्पष्ट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =