एमालेले च्यासलमा बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ । बैठक दिउँसो २ बजे सुरु हुने तय गरिएको छ ।

बैठकमा सरकारको हालै प्रस्तुत नीति तथा कार्यक्रममाथि गहन समीक्षा गरिनुका साथै पार्टीका हालका गतिविधि र आगामी कार्यदिशाका विषयमा छलफल हुनेछ ।

साथै, सत्तारुढ दल नेपाली कांग्रेसभित्रकै केही नेताहरूले सरकारप्रति व्यक्त गरेका आलोचनात्मक धारणा तथा टिप्पणीबारे पनि बैठकमा विशेष छलफल हुने बालुवाटारस्थित स्रोतको भनाइ छ ।

पार्टी नेतृत्वले पछिल्लो राजनीतिक परिदृश्य, गठबन्धन सरकारको स्थायित्व,र राष्ट्रिय हितमा प्रभाव पार्ने नीतिगत निर्णयहरूमाथि पार्टीको धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =