‘स्वतन्त्र प्रेस’ लोकतन्त्रको आत्मा हो : प्रधानमन्त्री
२०८२ वैशाख २० गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्वतन्त्र प्रेस’ लोकतन्त्रको आत्मा भएको बताएका छन् ।
उनले शनिवार विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन् – ‘स्वतन्त्र प्रेस’ शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो — जहाँ सत्य बोल्ने अधिकार हुन्छ, जहाँ जनता सबल हुन्छन्, जहाँ कलम बन्दुकभन्दा बलियो हुन्छ।’
उनले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मी, मिडिया संस्था तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने प्रत्येक चेतनशील नागरिकप्रति सम्मानसहित शुभकामना व्यक्त गरेका छन् ।
उनले उनीहरूको आवाजहरू नथुनिउन्, कलमहरू नथाकुन्, र खबरहरू तथ्यको उज्यालो मार्गमा हिँडिरहुन् भन्ने कामना गरेका छन् ।

२०८२ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित








