वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई त बुक’ लोकार्पण (भिडिओ)

काठमाडौँ । वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध एयरको सफलताको कथा समेटिएको बताए ।

आफूले पुस्तकमा बुद्ध एयरले कस्तो अवस्थाबाट संस्था सुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरू लेखिएको बताए । उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरूका लागि पुस्तकले सृजनशील बन्न प्रेरणा दिने उनको भनाइ छ । उनले केही व्यक्तिहरूको सोच र सपनालाई मूर्तरूप दिन सञ्चालन सुरु गरेको बुद्ध एयरमा हाल १ हजार ५ सय कर्मचारी आबद्ध रहेको बताए ।

पुस्तक ‘बाई त बुक’ २९ वर्षअघि सञ्चालन सुरु गरेर सफलताको शिखरमा पुगेको बुद्ध एयरको सफलताको दस्ताबेज भएको उनको भनाइ छ ।

बस्नेत भन्छन्, ‘हामीले २९ वर्ष अगाडि बुद्ध एयर सञ्चालन सुरुवात गर्यौं । त्यो सुरुवात गर्दाखेरिको जुन एउटा सपना सोच र अग्रसरता लियौँ । एउटा सानो आमनेपाली व्यक्तिहरू बुद्ध एयरको टिम जुन अहिले १५ सय जना कर्मचारी छौँ हामी । हाम्रो समूहले ठूलो कलेजबाट डिग्री लिएको वा संस्थाबाट अनुभव लिएर सञ्चालन सुरु गरेका होइनौँ । हामीले आम नेपाली साधारण जनताले आयस्रोतको ठुलो सपना बोकेर र त्यो सपनालाई मूर्तरूप दिन यहाँ ल्याऔँ । यो काम गर्दा हामीले धेरै सिद्धान्तहरू हेर्यौँ । धेरै सूत्रहरू अपनाऔँ, धेरै व्यवस्थापनहरू अपनायौँ । अहिले सफलताको पुष्टि भइसकेको छ । त्यो सफलता हासिल गर्न हामी के के काम गर्यौँ के के सूत्र अपनायौँ ? कुन कुन म्यानेजमेन्ट स्कुलले पढाएको दिएका सूत्रहरू थिए वा त्यो भन्दा भिन्न थिए रु त्यो कुराहरूलाई हामीले सुरुदेखि दस्ताबेज बनाएर कथा बनाएर बुद्ध एयरको कथा आम नेपाली व्यवस्थापनमा लागेका व्यक्तिहरू र भावी व्यवस्थापनमा लाग्ने र उद्योग व्यवसायमा लाग्न चाहनेका लागि एउटा रेफरेन्सको रुपमा यो किताब आउनु पर्छ र यो प्योर्ली बुद्ध एयरको कथा हो । अरु कसैको पनि धेरै कुरा उल्लेख गरेका छैनौँ । जे लेखेको छौँ अनुसरण गर्नुपर्छ भन्ने आवश्यकता होइन तर रेफरेन्सको रुपमा एउटा सुझबुझ गरेर आफ्नो धारणा बनाउन सकुन्, सृजनशील बनेर काम गर्न सकुन् भनेर यो किताब लेखिएको हो ।’

हरेक समस्याहरूमा कर्मचारीहरू एकजुट भएर समस्या समाधानमा लागेकै कारण बुद्ध एयरले सफलता पाएको लेखक बस्नेतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *