पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु
२०८२ वैशाख २० गते

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-६ पुलटोलमा पोखरीमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ । स्थानीय विष्णु कुँवरका दुई छोराहरू १० वर्षीय विप्सन र ८ वर्षीय दिप्सन कुँवरकाे शुक्रबार साँझ घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हाे ।
इलाका प्रहरी कार्यालय सुनवलका इन्पेक्टर सन्तोष पौडेलका अनुसार, साँझ एक बालक पोखरीमा तैरिरहेको देखिएको सूचना पाएपछि खोजी गर्दा अर्का बालकको पनि शव पोखरीमै फेला परेको थियो । दुवै बालक स्थानीय जनसेवा माध्यमिक विद्यालयमा क्रमशः कक्षा ४ र कक्षा २ मा अध्ययनरत थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरू पौडी खेल्न पोखरी गएका बेला दुर्घटनावश डुबेको आशंका गरिएको छ । स्थानिय बासिन्दा शोकमा डुबेका छन् भने यस दुर्घटनाले सम्पूर्ण क्षेत्रलाई स्तब्ध बनाएको छ ।
२०८२ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित








