आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी : एकनारायण अर्याल

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा ध्यान दिँदै उनीहरूलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताएका हुन् ।

आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । मुख्यसचिव अर्यालले आन्तरिक तथा बाह्य रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाएर श्रम बजारमा पठाउनु आजको आवश्यकता रहेको उल्लेख गरे । उनले सीपबिनै वैदेशिक रोजगारीमा जाने गरेका कारण नेपाली धेरै समस्याहरूको सामना गर्नुपरेको बताए ।

उनले भने ‘हामीले श्रमिकको हितमा काम गर्नुपर्छ । हामीले कसरी उहाँहरूलाई स्वदेशमै बस्न प्रेरित गर्ने रु वैदेशिक रोजगारीमा जना बाध्य युवाहरूलाई स्वदेश फर्काउन हामीले ध्यान दिनुपर्छ । आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ हामीले ध्यान दिनुपर्ने आवश्यकता छ । आन्तरिक तथा बाह्य रोजगारीमा जाने श्रमिकहरूलाई दक्ष बनाएर श्रम बजारमा पठाउनुपर्छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि श्रमिकलाई एक ठाउँदेखि तालिम प्रदान गर्नेकुरा आउनुपर्छ । अहिले पनि कुनैपनि सीपबिना वैदेशिक रोजगारमा जाने साथीहरूले धेरै समस्याहरू भोग्नुपरेको छ ।’

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगारदाताको मागअनुसार पठाउनेगरी तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =