कविता : शिक्षकको प्रश्नपत्र

पिठ्युमा झोला, हातमा बोर्ड, ज्ञानको दीप बाल्न,

शिक्षक निस्कन्छन् बिहानै, छाउनी हुँदै बालुवाटार जान।

पढाउन ल्याएका थिए ‘गणित’, भेटे ‘गणितको खेल’,

ए, सरकार! यो कस्तो छ प्रश्नपत्र, उत्तर छैन झमेल !

 

‘एन’ को फर्म आयो, पासवर्ड माग्यो फेरि,

लाखौँ शिक्षक उर्लिए, ‘शिक्षा’ बन्यो घेरी।

हिजोका विद्यार्थी बने मन्त्री, कुर्सीमा गर्वले ढल्किए,

तर शिक्षकको चिठी खोलेनन्, कानमा रूई हालिए ।

 

‘शिक्षक बनेर गरिबी सह्य गर्ने हो?’ भनेर हाँस्छ कसैले,

जुन देशमा शिक्षाको मोल छैन, त्यो देश कता पुग्ला भोलि?

बढी भत्ता, घटी मान, थलोमा छ घामे ज्ञान,

शिक्षकहरू टायर बाल्छन्, अनि सोच्छन्– ‘हामीमा के छ त्रुटि जान ?’

 

विद्यालय भित्र शून्यता छ, पाठशाला सडकमा,

बोर्डको चक साटियो नारामा, मञ्च सजियो वाक्यमा।

कसैले भन्यो– ‘राजनीति नगर्नु!’ , कसैले भन्यो– ‘ढोका ठोकिनु!’ ,

तर शिक्षकको आवाज खस्ने छैन, जबसम्म नीतिले नफेर्नु ।

 

‘पढ्नुस्, लेख्नुस्, बढ्नुस्!’ भन्नेले भन्छन्– ’सडक नउत्रनुस्!’ तर कुन कक्षामा पढाउँदा पाइन्छ न्याय, त्यो पाठ त देखिनन्। मन्त्रीहरू भत्ता चढाउँछन्, शिक्षकले परीक्षा दिन्छन्,

सिस्टमले शिक्षक तौल्छ, तर नेतालाई को तौल दिन्छ?

‘पढाउने हो कि लड्ने हो ?’ भन्दै देखाउँछन् औँला,

शिक्षक भन्छन्– ‘सिकाउने हो, तर आत्मसम्मान पनि होला।’ भएको छैन पाठ्यपुस्तकमा ’धेरै सहनु’, तर अभ्यासचाहिँ राम्रै, भएको छैन ‘चुप लाग्नु’ अध्याय, तर पाठशालामा सुनिन्छ त्यही काम्रै।

 

‘शिक्षक एन’ चाहिन्छ भने, हरेक ‘एम’ र ‘पि’ पनि फेर,

नीति बनाऊ नीति शिक्षकसँग, होइन नेता मात्र सँग मेल।

बदल्ने हो भने शिक्षा नीति, बन्छ देश उज्यालो,

नत्र शिक्षा झन् निजीकरणमा, झन् गहिरिन्छ अँध्यारो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *