गण्डकी प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

२०८२ वैशाख १५ गते

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुई विधेयक प्रमाणीकरण गरेका हुन् ।
गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
विधेयक संविधानको धारा, २०१ को उपधारा २ बमोजिम प्रमाणित गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०८२ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित