साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य वृद्धि, चाँदीको मूल्य घट्यो

काठमाडौं  । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १०० रुपैयाँले वृद्धि भएको हो । शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा थियो ।

तर, चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको मूल्य दुई हजार रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *