चेन्नईको मैदानमा सनराइजर्स हैदरावादको ऐतिहासिक जित

काठमाडौं  । आईपीएलको एक रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्सविरुद्ध पहिलो पटक तिनीहरूकै मैदानमा जित निकाल्न सफल भएको छ । शुक्रबारको खेलमा हैदरावादले पाँच विकेटले शानदार जित हात पार्दै ऐतिहासिक उपलब्धि हासिल गर्‍यो ।

चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदरावादले ८ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । इशान किसनले टोलीलाई मजबुत आधार दिलाउँदै ४४ रन बनाए भने कामिन्डु मेन्डिसले २२ बलमा अविजित ३२ रन जोडे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पनि पूरा गर्न नसक्दै १५४ रनमा पूरै अलआउट भयो । चेन्नईका नयाँ खेलाडी डेवाल्ड ब्रेभिसले ४२ र कान्छा सदस्य आयुष माथ्रेले ३० रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले खास योगदान दिन सकेनन् ।

हैदरावादका बलर हर्सल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २८ रन खर्चेर चार विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए । अर्का बलर कामिन्डु मेन्डिसले पनि आफ्नो प्रभावशाली प्रदर्शन जारी राखे ।

पराजित चेन्नई हालसम्म चार अङ्कसहित अंकतालिकाको पुछारमा पुगेको छ भने हैदरावाद ६ अङ्क बटुल्दै आठौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *