विश्वकप एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार ईन्दु वर्माको कप्तानीमा एसिया छनोट खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

उक्त टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ । उनकै नेतृत्वमा नेपालले पहिलो पटक यू–१९ विश्वकप क्रिकेट खेलेको थियो ।

विश्वकपको एसिया छनोट आउँदो मे ९ देखि २० सम्म थाइल्यान्डमा हुनेछ । उक्त छनोटमा ९ देशले सहभागिता जनाउँदै छन् । शीर्ष दुईमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा ईन्दु वर्मा (कप्तान), पूजा महतो (उप–कप्तान), रोमा थापा, रुबिना क्षेत्री रहेका छन् ।

यस्तै विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोद्दार, कविता कुँवर, सवनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रीया शर्माले टोलीमा स्थान बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *