फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

अज छापावाल सुनको मूल्य तोलाको १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ५५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७१४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *