फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२०८२ वैशाख ११ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (बिहीबार) सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

२०८२ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित