एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौँ सुकेधारा हाइट्समा विशेष छुट


काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सुकेधारा हाइट्समा रहेको ५–स्टार होटल मक्र्योर काठमाडौँ सुकेधारा हाइट्स बिच SCT-UPI कार्डका ग्राहकहरूलाई होटेलमा १५ प्रतिशत सम्मको छुट हुने सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मक्र्योर काठमाडौँमा आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १० प्रतिशत छुट तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।
कम्पनीका अनुसार रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाएको छ ।
SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने जनाएको छ ।
