ताप्लेजुङ दुर्घटनाका मृतक चार जनाको परिचय खुल्यो

काठमाडौं । ताप्लेजुङको पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

ललितपुर महानगरपालिका-१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्य प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छन् । उनीहरू दुवैजना खतरामुक्त अवस्थामा रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

घटना आज बिहान फुङलिङ नगरपालिका-१० को सेवारो चोकमा भएको हो । फुङलिङ सदरमुकामबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिँदा गाडीमा आगलागी भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका-१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि : दर्शनार्थी चढेको बोलेरोमा करेन्ट लाग्दा चारको मृत्यु, दुई जना गम्भीर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *