कृष्णभीर मोटरसाइकल दुर्घटना अपडेट: मीनबहादुर तामाङको मृत्यु

मलेखु । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो ।

मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिए ।

मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *