कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाईं, अन्यमा को-को निर्वाचित ?

काठमाडौं । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् । उनी ३ सय ५१ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

चैत ८ र ९ गते भएको संघको पहिलो महाधिवेशनमा चम्लागाईंले निकटतम प्रतिद्वन्द्वी विकास थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ८८ मत ल्याए । यस्तै अध्यक्षका अर्का उम्मेदवार कल्पना खड्काले १३ मत ल्याइन् ।

संघको उपाध्यक्ष (महिला) मा अनिता घिमिरे गैरे, उपाध्यक्ष (खुला)मा उदयबहादुर लिम्बु, महामन्त्रीमा किरण कुमार पासवान र गणेश बहादुर खत्री निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 14 =