गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानुनबमोजिम अविलम्ब कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष शाहले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

उनले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो ? भन्दै प्रश्न समेत गरे । यस हत्याका काण्डबारे पीडितले जाहेरी दर्ता गराएको भएपनि सरकारले छानबिन नगरेको उनको आरोप छ ।

उनले भने ‘म सरकारलाई सोध्न चाहन्छु, गौर हत्याकाण्ड जुन दिउँसो भएको बीभत्स हत्या थियो त्यसको छानबिन कहाँ पुग्यो ?’

रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेसी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लिएको थियो । त्यस क्रममा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।

घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर सरकारले अहिलेसम्म दोषी पत्ता लागेको छैन । अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =