चुनावी भाषण भाइरलपछि ज्ञानेन्द्रले भने – जुम्लीको उद्धार जुम्लीले गर्ने हो, केपी ओलीले होइन


काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीको चुनावी भाषण भाइरल भएपछि उनले मुख खोलेका छन् । तातोपानी नाकामा स्विमिङ पुल बनाउने सम्बन्धीको चुनावी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्वमिङ पुलका लागि ठेक्का लागि सकेको उनले बताए ।
उनले भने, ‘पैसा आइसक्या छ । ठेक्क लागिसक्या छ । पत्यार लाग्दैन भने तातोपानी गाउपालिकामा गएर सोध्ने,त्यसपछि शहरी विकास तथा भवन निर्माण विभाग जुम्लामा कार्यालय छ,त्यहाँ गएर सोधेर आउने तर,जनतालाई भ्रमित पार्न यहाँ तपाईंका नेताहरुलाई ठोक्यो भन्दैमा जुम्लामा बर्बराउनुपर्ने कुनै कारण छैन । जुम्लीको उद्धार जुम्लीले गर्ने हो,केपी ओलीले होइन। जुम्लीको उद्धार जुम्लीले गर्ने हो रघुजी पन्तले होइन है । बर्बराउनुपर्ने कुनै कारण छैन ।’
उनले जुम्लावासीलाई आफुले गरेका बाचाहरु पुरा गर्ने प्रयत्नशील रहने बताए ।
