क्रिकेटरहरुको ग्रेडिङ सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली पुरुष क्रिकेटरहरुको ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले खेलाडीहरुको ग्रेडिङ सार्वजनिक गरेको हो । पुरुषतर्फ ‘ए’ ग्रेडमा ५ खेलाडीहरु समावेश भएका छन् ।

कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने र सोमपाल कामी ‘ए’ ग्रेडमा छन् । अघिल्लो वर्ष ‘ए’ ग्रेडमा अटाएका कुशल भुर्तेल र करण केसी यसपालि ‘बी’मा झरेका छन् ।

‘बी’मा भुर्तेल र करणसहित गुल्शन झा, ललितनारायण राजवंशी र अनिल साहले स्थान बनाएका छन् । अनिलले ‘डी’ ग्रेडबाट ‘बी’मा फड्को मारेका हुन् । फास्ट बलर अविनाश बोहरा ‘बी’बाट ‘डी’मा झरेका छन् ।

अघिल्लो पटक ‘बी’मा रहेका कुशल मल्ल यसपालि ‘सी’मा झरेका छन् । उनीसहित आरिफ शेख, भीम सार्की र सन्दीप जोरा ‘सी’ ग्रेडमा छन् ।यस्तै प्रतिश जीसी भने ‘सी’बाट ‘डी’मा झरेका छन् ।

ग्रेड ‘डी’मा लोकेश बम, सागर ढकाल, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहरा र मयन यादव अटाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *