क्यानद्धारा खेलाडीहरुको ग्रेडिङ सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरुको ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरको ग्रेडिङअनुसार महिलातर्फ पुजा महतो ए ग्रेडमा समावेश भएकी छन् ।

सिनियर टिमकी कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र पूर्व उपपक्तान सीता राना मगर ग्रेड ए मा छन् ।

यसअघि ग्रेड सी मा रहेकी पुजा फड्को मार्दै ए मा पुगेकी हुन् । उनकै कप्तानीमा नेपालको यू १९ महिला टोलीले पहिलो पटक आईसीसी यू१९ महिला क्रिकेट विश्वकप खेलेको थियो ।

त्यस्तै क्यानले महिलातर्फ एनुअल कन्ट्राक्मा १९ खेलाडीलाई समावेश गरेको छ । जसमा ए मा ४ खेलाडी छन् भने बी मा एक र सी मा दुई खेलाडी छन् । ग्रेड बी मा कविता जोशी मात्र छिन् भने ग्रेड सी मा कविता कुँवर र सम्झना खड्का छिन् ।

ग्रेड डी मा १२ खेलाडी छन् । जसमा राष्ट्रिय टिमकी विन्दु रावल, रोमा थापा र इश्वरी विष्ट छन् भने यू१९ राष्ट्रिय टिमका ९ खेलाडी समावेश छन् ।जसमा एलिसा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय छन् ।

क्यानका अनुसार ग्रेड ए मा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छन् भने बी ले ३५ हजार, सीले २५ हजार, डीले २० हजार तलब पाउनेछन् ।

ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *