नामिबियासँग नेपाल फेरी पराजित


काठमाडौं । वुमन्स डे कप टी–२० आई प्रतियोगितामा नेपाल फेरी पराजित भएको छ ।
नेपाल आफ्नो चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि सना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् । कविता जोशीले १७ तथा पुजा महतो र कप्तान इन्दु बर्माले समान १५–१५ रन बनाइन् ।
नामिबियाका लागि इभलिन केजरुकुवाले सार्वधिक २ विकेट लिइन् । विल्का माटिले, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले समान १–१ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।
नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । विल्का मातिलेले २० तथा अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।
नेपालका लागि ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ तथा रिया शर्मा र कप्तान इन्दु बर्माले समान १–१ विकेट लिइन् ।
