चन्द्रागिरिमा आत्मदाह प्रयास, घाइतेलाई बर्न अस्पताल पुर्‍याइयो

काठमाडौं । चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ ।

गत राति करिब १२ः३० बजे स्थानीय उत्तम कार्कीले फेसबुक लाइभ गर्दै आफ्नै शरीरमा आगो लगाएका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर तत्कालै उनलाई उद्धार गर्यो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराका अनुसार कार्कीको हात र अनुहार जलेको छ, तर उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुक लाइभमा उनले मानसिक तनाव भोग्नुपरेको, स्थानीय एक युवतीका कारण हिरासत बस्नुपरेको, पारिवारिक सम्बन्ध विथोलिएको र आफ्ना कान नसुन्ने बुवा तथा आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

उनले आफू पहिल्यै अभद्र व्यवहारको आरोपमा १८ दिन हिरासतमा बसेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =