डा.तोसिमा कार्कीको सांसद पद जोगियो
२०८१ फागुन २७ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको सांसद पद जोगिएको छ । कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसंगै उनको सांसद पद जोगिएको हो ।
न्यायाधीशहरू डा.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।
सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो । उनी प्रतिनिधि सभाका लागि ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।
२०८१ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








