बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८१ फागुन २६ गते

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
२०८१ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








