एनएमबि बैंकको सिइओमा घिमिरे, उपाध्याय बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं । एनएमबि बैंकका सञ्चालक समितिको बैठकको निर्णय अनुसार आगामी वैशाख १० गते देखि लागु हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोबिन्द घिमिरे लाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ४ वर्ष अवधिका लागि नियुक्त गर्ने र हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्याय लाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =