पूर्वराजा साढे तीन बजे पोखराबाट उड्दै, स्वागतका लागि विमानस्थलमा राजावादी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा विमानस्थलबाट दिउँसो साढे तीन बजे समिट ऐयरको चार्टर विमानमार्फत काठमाडौं आउने भएका छन् ।

समिट ऐयर काठमाडौंले मकालुखबरलाई दिएको जानकारी अनुसार पूर्वराजा शाह आइतबार दिउँसो ३:३० बजे पोखराबाट काठमाडौंका लागि उड्ने भएका हुन् ।

पूर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी पक्षधर पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले स्वागत गर्नेछन् ।

साथै पूर्वराजालाई स्वागत गर्न हजारौंको संख्यामा राजावादी त्रिभुवन विमानस्थलमा उपस्थित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =