सुदूरपश्चिम जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदैछन् । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न र कञ्चनपुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री सुदूरपश्चिम जान लागेका हुन् ।

हेलिकप्टरमार्फत जान लागेका ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची छ ।

ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।

यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री जाने भएपछि कैलाली र कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =