गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन : महासचिव पोखरेल
२०८१ फागुन २३ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शङ्कर पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा आज उनले जनआन्दोलनबाट फालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफाल्न आग्रह गरेका हुन् ।
महासचिव पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएकोसमेत स्पष्ट पार्दै गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, उनले लेखेका छन् ।
२०८१ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








